२०८१ माघ २६, शनिवार , ०५:३२:५० बजे

Sajhamanch
'

काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै काठमाडौं फर्किएको छ । नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर उक्त हेलिकोप्टर फर्किएर ८ः२३ मिनेटमै काठमाडौंमा ल्याण्ड गरेको छ । हेलिकोप्टरबाट काठमाडौंदेखि लुक्लासम्मको हेलिकोप्टर उडान करिब ४५ मिनेटको हुन्छ ।हेलिकोप्टर बीच बाटोबाटै फर्किनुमा प्राविधिक गडबडीलाई कारण मानिएको छ । तर कस्तो खालको प्राविधिक समस्या हो भन्ने खुलाइएको छैन ।

लुक्लातर्फको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । ‘लुक्ला र लुक्लातिरको एयर रुट पूरै क्लियर छ । पहाडहरु सफा देखिन्छन्’ उनले भने ।

सम्बन्धित खबर