२०८२ जेठ ५, आइतवार , ०४:२३:१४ बजे

Sajhamanch
'

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान

बिहिवार, फागुन १०, २०८०

ललितपुर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाइएको छ । केही बेरमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

महासमिति बैठकको विषयकेन्द्रित छलफलका निम्ति बैठक बस्न लागेको उनले बताए । ललितपुरको गोदावरी भिलेज रिसोर्टमा पदाधिकारी र पूर्वापदाधिकारीले छलफल गर्न लागेका हुन् ।

सोमबारदेखि सुरु कांग्रेस महासमिति बैठक आज सकाउने तयारी छ ।

सभापति शेरबहादुर देउवाले बिहीबार बिहान ९ बजेका निम्ति बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अझै सुरु भएको छैन । महासमिति बैठकको समापन र समूहगत छलफलबाट प्राप्त सुझावलाई प्रतिवेदन पारित गर्दा कसरी समेट्ने भनेर छलफल गर्न बैठक बोलाइएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित खबर