बिर्तामोड । साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोडले पूर्णता पाएको छ । मंगलबार बसेको प्रतिष्ठानको बैठकले कार्यसमितिलाई पूर्णता दिएको हो ।
७ सदस्यीय प्रतिष्ठानको कार्यसमितिलाई ११ सदस्यीय बनाइएको सल्लाहकार जनक खड्काले बताएका हुन् । जसको अध्यक्षमा भगवती ढुंगेल, वरिष्ठ उपाध्यक्ष दुर्गा सिग्देल, उपाध्यक्ष ईन्द्र कटुवाल, सचिव तुलसीप्रसाद भट्टराई, सहसचिव मुना प्रसाई र कोषाध्यक्ष लोकबहादुर सुवेदी रहेका छन् ।
यस्तै, साहित्य संयोजक लखन राजवंशी, कला संयोजक युवराज रिजाल, संगीत संयोजक दिपक रायमाझी तथा सदस्यमा सारिका अग्रवाल र रेवता देवी भट्टराईलाई चयन गरिएको छ ।
यसैगरी सल्लाहकारहरुमा गोपालकुमार बस्नेत, डा. ठाकुरप्रसाद पोखरेल, डा. गोपीकृष्ण खतिवडा रहेका छन् ।