२०८२ जेठ ५, आइतवार , ०६:१७:२० बजे

Sajhamanch
'

कांग्रेस महासमिति बैठकको समापन भोलि

बुधवार, फागुन ९, २०८०

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन नेताहरूले राखेका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल भएको छ ।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले मंगलबार प्रस्तुत भएका प्रतिवेदनमाथि महासमिति सदस्यहरूले समूह बनाएर छलफल गरेको जानकारी दिए ।

बुधबार बन्दसत्रमा धारणा राख्न नपाएका महासमिति सदस्यहरूले बिहीबार धारणा राख्ने छन् । बिहीबार बिहान ८ः३० बजेदेखि सबै महासमिति सदस्यहरू एउटै हलमा रहनेछन् ।

सातै प्रदेशमा सभापतिहरूले समूहबाट निस्केको निषर्क राख्नेछन् । दिउँसो साढे २ बजेदेखि महासमिति बैठकको समापन समारोह हुने उनको भनाइ छ ।

सम्बन्धित खबर