२०८२ जेठ ६, सोमवार , ०३:३६:५४ बजे

Sajhamanch
'

खेतमा पानी लगाउँदा करेन्ट लागेर वृद्धको मृत्यु

बुधवार, फागुन ९, २०८०

काठमाडौं । भक्तपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो करिब ३ बजे भक्तपुर नगरपालिका-२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा स्थानीय ६६ वर्षका गणेशमान गोरेलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा साढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए ।




सम्बन्धित खबर