२०८२ जेठ ५, आइतवार , ०९:२७:४५ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री साउद नयाँदिल्लीमा

बुधवार, फागुन ९, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बुधबार भारतको नयाँदिल्ली पुगेका छन् ।

रायसिना संवादको नवौँ संस्करणमा भाग लिन उनी नयाँदिल्ली गएका हुन् । उनलाई नयाँदिल्लीमा भारतका लागि नेपाली रजादूत डा. शंकर शर्माले स्वागत गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रबार उक्त कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

रायसिना संवाद एक बहुपक्षीय प्लेटफर्म हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

सम्बन्धित खबर