२०८२ जेठ ५, आइतवार , ०९:४०:४६ बजे

Sajhamanch
'

नामिबियाविरुद्ध १८ ओभरको समाप्तिमा नेपालले लियो चार विकेट

बुधवार, फागुन ९, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले १८औँ ओभरको समाप्तिमा चार विकेट गुमाएको हो । नेपालका दीपेन्द्रसिंह ऐरीले १७.३ ओभरमा नामिबियाका जान फ्राइलिन्कलाई एलबीडब्लूको धरापमा पारे ।

जारी खेलको १८ ओभर समाप्त हुँदा नामिबियाले चार विकेट गुमाएर ८६ रन बनाएको छ ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रनको योगफल खडा गरेको थियो ।

सम्बन्धित खबर