२०८२ असार ७, शनिवार , ०२:५७:५८ बजे

Sajhamanch
'

नेप्से १.७६ अंकले घट्यो

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ ।

यस दिन ३१४ धितोपत्रका ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आठको समूहगत सूचक घटेको छ । पाँचवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर