
काठमाडौं । नेपाल-ए ले एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो अभ्यास खेलमा क्यानडा-११ सँग पहिले फिल्डिङ गर्दैछ ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको टसमा सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
कप्तान विनोद भण्डारी आज टोलीमा नभएपछि जोराले कप्तानीको जिम्मेवारी पाएका हुन् ।
नेपाल पहिलो खेलमा ४ विकेटले पराजित भएको थियो ।
आज नेपालले पहिलो खेलबाट दुई परिवर्तन गरेको छ । रिजन ढकाल र शेर मल्ललाई मौका दिएको छ ।
विनोद भण्डारी र प्रतिश जि.सीलाई बाहिर राखेको छ । यू-१९ का ओपनर अर्जुन कुमालले किपिङ गर्नेछन् ।
नेपाल-ए को प्लेइङ ११
सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल ९विकेटकिपर, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल ।
बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, विनोद भण्डारी र प्रतिश जि.सी. ।