२०८१ फागुन १३, मङ्गलवार , १२:३०:४९ बजे

Sajhamanch
'

पहिलो जितको खोजीमा नेपाल ‘ए’

मङ्गलवार, फागुन ८, २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको दोस्रो खेलमा आज क्यानडा–११ विरुद्ध मैदान उत्रिँदा नेपाल ‘ए’ पहिलो जितको खोजीमा हुनेछ ।

तीन खेलको शृंखलामा यसअघि पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मुलपानी मैदानमा भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको छ ।

नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेलेको यो पहिलो शृंखला हो । शृंखलामा नेपाली टिमको कप्तानी विकेटकिपर ब्याटर विनोद भण्डारीले गरिरहेका छन् । यस्तै, नेपाली टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली छन् ।

यी दुई टिमबीचको दोस्रो खेल पनि मुलपानीस्थित क्रिकेट मैदानमा हुनेछ ।