२०८२ वैशाख १९, शुक्रवार , ११:४०:१९ बजे

Sajhamanch
'

आर्यन दत्तको घातक बलिङमा नामिबिया १२३ रनमै अलआउट

सोमवार, फागुन ७, २०८०

काठमाडौं । आर्यन दत्तको घातक बलिङप्रेरित नेदरल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नामिबियालाई १२३ रनमै अलआउट गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नामिबियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२३ रनमात्र बनाएपछि नेदरल्यान्ड्सले जितका लागि १२४ रनको लक्ष्य पाएको हो ।

नामिबियालाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका आर्यन दत्तले ६ विकेट लिए । नौ ओभर बलिङ गरेका दत्तले ३४ रनमात्र खर्चिए । काइल क्लेइनले दुई विकेट लिँदा रोइलोफ भान डेर मेर्वे र म्याक्स ओ‘ओडोडले समान एक विकेट लिए ।

नेदरल्यान्ड्सको बलिङविरुद्ध संघर्षरत नामिबियाका जेजे स्मिथले सर्वाधिक २६ रन बनाए । रुवेन ट्रम्पेलमेनले २० र जेन ग्रिनले १९ रन थपे । यस्तै, निकोलास डाभिन र कप्तान गेरहार्ड इरास्मसले समान १३ रन बनाउँदा बर्नार्ड स्कोल्जले १२ रन जोडे ।

सम्बन्धित खबर