२०८२ जेठ ६, सोमवार , ०८:३६:५५ बजे

Sajhamanch
'

ईशनाथका थप वडाहरुमा पनि कर्फ्यू

आइतवार, फागुन ६, २०८०

रौतहट। रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ ।

सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा कर्फ्यू लगाएको थियो ।

ती दुई वडाबाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नं। २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको छ ।

‘जिल्लाका सुरक्षा अधिकारीहरु घटनास्थलमै हुनुहुन्छ । १५ सय भन्दा बढी सुरक्षाकर्मी सो स्थानमा परिचालन गरिएको छ ।’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘अप्रिय घटना तथा जनधनको क्षति हुन नदिन कर्फ्यूको दायरालाई बढाइएको छ ।’ अर्को आदेश नहुन्जेलसम्मका लागि उक्त क्षेत्रमा कर्फ्यू जारी रहने उनले बताए ।

हिजो दुई समुदायबीच झडप हुँदा ६ जना भन्दा बढी स्थानीय घाइते भएका थिए ।

सम्बन्धित खबर