
काठमाडौं । दार्चुलामा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मर्मा गाउँपालिकाको पारखडा बस्ने ३२ वर्षीय जगतसिंह धामी छन् ।
सोही ठाउँ स्थित रिठाइनीको भीरबाट शनिबार दिउँसो अन्दाजी ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
सुनचन्ना भन्ने ठाउँबाट घर फर्कंदै गर्दा भीरबाट खसेको जनाइएको छ ।