
काठमाडौं । नेपाल ए ले पहिलो एकदिवसीय अभ्यास खेलमा क्यानडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । क्यानडा-११ का कप्तान साद बिन जफारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
आधिकारिक रुपमा पहिलो पटक नेपाल ए को टिम निर्माण बनेको छ । नेपालको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।
नेपाल ‘ए’को प्लेइङ ११
विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।
बेन्च : आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल ।