झापा । श्रीमान् अर्कै महिलासंग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छिन् ।
गएराति ८:३० बजेको समयमा बुद्धशान्ति २ गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया बर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैंले आगो लगाएकी थिइन् ।
उनीहरू जल्दै गरेको देखेर स्थानीयबासीले उनीहरूको शरीरमा लागेको आगो निभाएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरूको उपचार बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भइरहेको छ ।
माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
बोल्न नसक्ने छोरी बर्षा बिकको शरीरको बिभिन्न भागमा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घट्नास्थलनजिकै सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भएर यस्तो निर्णय लिन पुगेको लेखिएको छ ।
श्रीमान् राजनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।