![](https://sajhamanch.com/wp-content/uploads/2024/02/humla-himpat-1706775024.jpg)
काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा सामान्य हुस्सु लागेको छ।
दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।