२०८२ असार ८, आइतवार , ०१:०२:३१ बजे

Sajhamanch
'

बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

शुक्रवार, फागुन ४, २०८०

चैनपुर । बझाङ जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नम्बरको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छन् । घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार, फागुन ४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर