२०८२ असार ८, आइतवार , ०३:०७:०२ बजे

Sajhamanch
'

मन्त्री सुदन किराँतीले आफैं सफा गरे कार्यकक्ष

शुक्रवार, फागुन ४, २०८०

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैं सफा गरेका छन् ।

सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ । सधैंझैं निलो रंगको सुट लगाएका मन्त्री किराँतीले टेबलहरु पन्छाउँदै कार्यकक्षको भुइँ पुछिरहेको र त्यो काममा एक महिलाले सघाइरहेको देखिन्छ ।

मन्त्री किराँतीको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले उक्त भिडियो आज बिहानको भएको बताए । कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैं सफा गरेको उनले बताए ।

उनले भने, ‘मन्त्री ज्यु सधैं बिहान साढे सात बजे नै मन्त्रालय पुग्नुहुन्छ । मन्त्री चाँडै आएपछि कार्यालय सहयोगी लगायतका कर्मचारीहरु पनि आउनुपर्यो । उहाँहरुले कहिलेकाहिँ सफा गर्न भ्याउनुहुन्न । आज त्यस्तै भयो । त्यही भएर मन्त्रीज्यूले आफ्नो च्याम्बर आफैं सफा गर्नुभयो ।’

भोजपुरका हिरन राईले आफ्नो फेसबुकमा ‘सुदन किराँती देख्दा गर्वले आँसु आयो, बिहानै ७ः३० बजे मन्त्रालय पस्ता मैले जे देखें’ लेख्दै मन्त्री किराँतीले कार्यकक्ष सफा गरिरहेको भिडियो पोष्ट गरेका छन् ।

सम्बन्धित खबर