२०८२ जेठ ७, मङ्गलवार , ०९:२०:१४ बजे

Sajhamanch
'

अध्यक्ष दाहालले प्रस्तुत गरे संश्लेषित विधान

बिहिवार, फागुन ३, २०८०

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन्।

नेकपा (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो।

बैठक लगतै सुरु भएको अधिवेशनमा अध्यक्ष दाहालले विधानलाई समृद्ध बनाउनका लागि महत्त्वपूर्ण सुझाव प्राप्त भएको उल्लेख गर्दै पार्टी नयाँ तवरले अगाडि बढ्ने विश्वास व्यक्त गरे।

विधान अधिवेशनलगतै विशेष महाधिवेशनमा तयारीको प्रक्रिया सुरु हुने जानकारी दिँदै अध्यक्ष दाहालले विचारलाई अझ बढी केन्द्रित र संश्लेषित हुने बताए। उनले पार्टीको रक्षा र विकास गर्न सहयोग पुगेको बताए।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष दाहालले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि २० समूहहरूबाट सुझाव सङ्कलन गरिएको थियो।