२०८२ जेठ ७, मङ्गलवार , ०६:५६:४१ बजे

Sajhamanch
'

नेपालमा गरिबी : सबैभन्दा बढी मधेसमा, कम गण्डकीमा

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । नेपालमा सबैभन्दा बढी गरिबी मधेस प्रदेशमा रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण, २०७९/०८० ले यस्तो देखाएको हो ।

सर्वेक्षणको तथ्यांकअनुसार नेपालको २०.२७ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि छ ।

जसमा मधेसको २५.०८ प्रतिशत जनसंख्या छ । दोस्रोमा २२.७६ प्रतिशत जनसंख्या लुम्बिनीमा छ । सुदूरपश्चिममा १४.०२ प्रतिशत, कोसीमा १३.८० प्रतिशत र वाग्मतीमा १२.६८ प्रतिशत मानिस गरिबीको रेखामुनि छन् ।

सबैभन्दा कम गण्डकीमा ४.८८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । यस्तै, कर्णालीमा ६.७४ प्रतिशत गरिबी छ ।

विश्व बैंकले प्रतिपादन गरेको जीवनस्तर मापन सर्वेक्षण तथ्यांक कार्यालयले २०५२/०५३ सालदेखि नेपालमा सर्वेक्षण थालेको थियो । पछिल्लो ११ वर्षमा नेपालको गरिबी निर्धारण गर्ने वार्षिक प्रतिव्यक्ति आय ७० प्रतिशतले बढेर ७२ हजार ९०८ रुपैयाँ पुगेको थियो ।