२०८१ फागुन १२, सोमवार , ११:५४:४६ बजे

Sajhamanch
'

नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य

बिहिवार, फागुन ३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ को आफ्नो पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.५ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो । नेपालका लागि भीम सार्कीले ४४, गुल्सन झाले २१ र करण केसीले १६ रन बनाए ।

शीर्ष ४ ब्याटरले दोहोरो अंकको रन नै बनाउन नसकेको अवस्थामा पाँचौ नम्बरमा ब्याटिङमा आएका भीम सार्कीले नेपाली पारी सम्हाल्ने प्रयास गरेका थिए । तर सार्की ४४ रनमा एलबीडब्लू आउट भए ।

सार्की आउट हुनुअघि नै पाँचौ विकेटका लागि ४६ रनको साझेदारी गरेर कुशल मल्ल आउट भएका थिए । मल्लले १५ रन बनाए ।

बिहानी सत्रमा नेपाली ब्याटरले निकै संघर्ष गर्नु परेको थियो । ओपनर कुशल भुर्तेलल रोयल डक भएका थिए भने तेस्रो नम्बरका ब्याटर अनिल साह पनि ८ रनमा आउट भएका थिए ।

चौथो नम्बरमा ब्यटिङमा आएका कप्तान रोहितकुमार पौडेलले १० बलमा खाता खोलेका थिए । तर उनी अर्को रन थप्न नसकी १३ बलको सामना गरेर बोल्ड भए ।

ओपनर आसिफ शेख ४ रनमा आउट भए ।

सोमपाली कामीले २ रन बनाए ।

सम्बन्धित खबर