२०८२ जेठ ८, बुधवार , ०५:५०:५७ बजे

Sajhamanch
'

नेप्से साढे १० अंकले बढ्यो, चार अर्बको कारोबार

आइतवार, माघ २८, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक ०.५० अंकले बढेको छ । नेप्से १०.५० अंकले बढेर २०८५.८२ को विन्दुमा पुगेको छ ।

यस दिन एक करोड पाँच लाख ७१ हजार ११९ कित्ता सेयर चार अर्ब आठ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये तीनवटाको समूहगत सूचक बढेको छ । १० वटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

एनआईसी एसिया ग्रोथ फन्ड टुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर