
काठमाडौँ । नेपाल स्काउटको विभिन्न पदमा गरी १५६ जना निर्वाचित भएका छन्। स्काउटको तदर्थ समितिले शनिवार गराएको निर्वाचनले १५६ जना पदाधिकारी चुनिएका हुन्।
कार्यतालिका अनुसार शनिवार भएको निर्वाचनमा राष्ट्रिय परिषद सदस्य पदको लागि तालिमदल महिला, तालिमदल पुरुष र खुला स्काउटर तर्फबाट गरी १५६ जना पदाधिकारी निर्वाचित भएका समितिका संयोजक लोक बहादुर भण्डारीले बताए।
उनका अनुसार सर्वोच्च अदालतको गत माघ २३ को अल्पकालिन अन्तरिम आदेश अनुसार नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य निर्वाचनका लागि मिति माघ २४ गते बिहान ९ बजे देखि २ बजे सम्म मनोनयन दर्ताको समय तोकिएको थियो भने २५ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको विरोधमा दाबी विरोधको सूचना दिने समयसिमा तोकिएको थियो।
उम्मेदवारी फिर्ता र उम्मेदवार उपर दाबी विरोधको सूचना पश्चात कायम हुन आएका उम्मेदवारको अन्तिम नामावली विवरण प्रकाशित गरिएकोमा निर्विरोध निर्वाचित भएका र बाँकी रहेका आवश्यक पदहरुमा शनिवार निर्वाचन भएको हो।