भद्रपुर । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाई समितिको १७औं वार्षिक सधारण सभा सम्पन्न गरिएको छ ।
इकाई समितिका अध्यक्ष लावण्यकुमार पोखरेल (लव)को अध्यक्षता तथा झापा जिल्ला अदालतका न्यायाधिश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै सभा सम्पन्न गरिएको हो ।
कार्यक्रमममा शतप्रतिशत लिखत पास गराउने उत्कृष्ट व्यवसायी सम्मानबाट प्रकाश निरौला, जेष्ठ सदस्य सम्मानबाट हर्कमानसिंह राजवंशी, उत्कृष्ट सञ्चालक सदस्य सम्मानबाट सुगम सुवेदी र आजीवन सदस्यता सम्मानबाट पुरूषोत्तम अधिकारीलाई सम्मान गरियो ।
यस्तै, उत्कृष्ट सन्तति सम्मानबाट एसईई परीक्षा २०७९ मा उत्कृष्ट अंक ल्याउन सफल एलिसा घिमिरे, भूमिका घिमिरे, समता भण्डारी, पुकार चौहान र अनिश सञ्जेललाई नगदसहित पुरस्कृत गरियो ।
समितिका सचिव मुरारी न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा नेपाल वार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री, लेखापढी कानून व्यवसायी एसोसिएसनका केन्द्रीय महासचिव कृष्णप्रसाद दाहाल, एसोसिएसनका दमक इकाइ अध्यक्ष ताराबहादुर खड्का, मालपोत तथा भूमिसुधार अधिकारी शेरबहादुर भण्डारी लगायतले मन्तव्य राख्दै लेखापढी व्यवसायलाई मर्यादित बनाएर सेवामुखी व्यवसाय बनाउनु पर्ने धारणा राखेका थिए ।