
काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालका देव खनाल ७६ रन बनाएर आउट भएका छन् । चौथो नम्बरमा ब्याटिङमा आएका उनले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए ।
उनले कप्तान रोहित पौडेलसँग मिलेर १५० रनको साझेदारी गरेका थिए ।
देव आउट भएपछि भीम सार्की क्रिजमा आएका छन् । २८६ रनको लक्ष्य पछ्याएको नेपाल ३४.३ ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएर खेलिरहेको छ ।