विर्तामोेड । झापाको अर्जुनधारा ५ मा रहेको देवभुमी अंग्रेजी विद्यापिठ विद्यालयले १७ बार्षिकोत्सव शुक्रबार (आज) विविध सांस्कृतिक कार्यक्रम गरेर सम्पन्न गरेको छ । बार्षिकोत्सवका अवसरमा समाजमा योगदान दिएका विभिन्न व्यक्ति तथा गत वर्ष एस ई ई मा उत्कृष्ट नतिना ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीले विभिन्न प्रकारका गित, नृत्य ,नाटक कविता सहित मनोरन्जनात्कम प्रस्तुती गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जमर कटे्लको अध्क्षयतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गीतराज खड्काको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत प्रध्यानापक सन्तोष पौडेलले गरेको कार्यक्रममा प्रमुख अतिथि खड्का , सविधान सभा सदस्य माननीय धर्मशिला चापागाई, अर्जुनधारा प्याबसनका अध्यक्ष रुद्र प्रसाद सिटौला, अभिभावकको तर्फबाट मिलन कुमार श्रेष्ठ र माया खतिवडाले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष पाण्डवलाल सुनुवार, नेपाल शैक्षिक परामर्श संघ झापा अध्यक्ष रोशन सुवेदी, शिक्षासेवी धार्मिक,सामाजिक व्यक्तित्व कृष्ण पौडेल,गार्खा फाउण्डेसनका संस्थापक विरु दर्नाल,पुर्व अध्यक्ष केशव मैनाली, अर्जुनधारा जेसिजका अध्यक्ष बसन्त बुढाथोकी,रोटरी क्लबअफ विर्तामोड मिडटाउनका अध्यक्ष नविन उप्रेती, पुर्व शिक्षक राजेन्द्र्र प्रसाई,टोल विकास समिति वडा नम्बर ५ का संयोजक शिव घिमिरे लगायत अभिभावकको उपस्थिति रहेको थियो ।
औपचारिक कार्यक्रममा संचालन कक्षा १० का छात्र प्रज्जव संग्रौला र छात्रा विनिता आर्चायले गरेका थिए भने अनौपचारिक कार्यक्रममाको अन्य विद्यार्थीहरुले गरेका थिए ।