२०८२ जेठ ९, बिहिवार , ०१:३९:२० बजे

Sajhamanch
'

आर्थिक वृद्धिमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : अर्थमन्त्री महत

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वृद्धि उच्च गर्न सरकारको लगानीले मात्र नहुने बताएका छन् । शुक्रबार मेनेजमेन्ट एसोसिएसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रको योगदान आर्थिक वृद्धिमा उच्च हुने बताएका हुन् ।

आर्थिक वृद्धि उच्च हुन उच्च प्रतिफल दिने आयोजनामा ऋण लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

स्रोतको सुनिश्चित नगरी ठेक्का लगाउने प्रवृत्तिले गर्दा समस्या निम्त्याएको उनको भनाइ छ । त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने चुनौती रहेको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म राजस्व संकलन १० प्रतिशतभन्दा बढी हुने अनुमान गरेको उनले बताए । पारदर्शी राजस्व प्रणाली विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री महतले त्यसतर्फ सरकारले तयारीका साथ काम गरिरहेको बताए ।

पुँजीगत खर्च नघटेको भन्दै उनले माग धेरै भएको तर स्रोत थोरै हुँदा समस्या भएको जानकारी दिए । “सामाजिक सुरक्षा भत्ताको दायित्व बढेको छ, उनले भने ।

सम्बन्धित खबर