२०८२ जेठ ९, बिहिवार , १२:५८:१५ बजे

Sajhamanch
'

अछाममा आगलागीबाट दुई बालबालिकाको मृत्यु

बिहिवार, माघ २५, २०८०

काठमाडौं । अछाममा आगलागीबाट दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढा छन् ।

मेल्लेख गाँउपालिका–३, दर्वा बस्ने जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको ढुंगामाटोले बनेको गोठभित्र बुधबार साँझ आगलागी भएको थियो ।

गोठको ढोका नजिक बालेको आगोबाट भित्र राखिएको खरमा सल्किएको थियो । सोही ठाउँमा खेलिरहेका बालबालिकाको आगोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

सम्बन्धित खबर