२०८१ मंसिर १५, शनिवार , ०७:१४:४४ बजे

Sajhamanch
'

झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।

गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको हो ।

यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । सम्झौता पत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गरे । सो दुईपक्षीय सम्झौता काठमाडौँमा भएको हो ।

कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेलको उपस्थिति रहेको थियो ।

प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

प्रतियोगिताका लागि रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी सुरु गरिएको छ । अहिले मैदानको स्तरोन्नति धमाधम भइरहेको छ ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।

टिमहरु निश्चित भएपछि केही दिनमै खेल तालिका सार्वजनिक गरिने झापा गोल्डकपको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर