२०८२ जेठ ९, बिहिवार , ०६:४०:०९ बजे

Sajhamanch
'

अग्नि परीक्षाको समय आयो : गगन थापा

बुधवार, माघ २४, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले दलहरूलाई चुक्ने सुविधा नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले दलहरूका लागि अहिले अग्नि परीक्षाको समय भएको बताए ।

“राजनीतिक दलहरूको अग्नि परीक्षा जस्तो समय छ । सिंगो लोकतान्त्रिक प्रणालीको अग्नि परीक्षा जस्तो छ,” उनले भने, “हामी अहिले चुक्यौं भने त्यो क्षतिपूर्ति सानो समय, स्रोतले गर्न सकिन्नँ । हामीसँग चुक्ने सुविधा छैन ।”

उनले अफ्ठ्यारो अवस्था पार गरिएको भन्दै अहिले सहज अवस्थामा आइपुगिएको बताए । सहजता भएको बेलामा पनि संकटमा रहेन भने कहिले बाहिर निस्कने भन्दै प्रश्न पनि गरे ।

“संविधान बन्यो, संघीयता आयो संघ छ प्रदेश छ सबैतिर अनुकूलता छ । एक खालको वातावरण छ । हामीलाई कुनै बाह्य कारणले गर्दा अफ्ठ्यारो भएको छैन,” थापाले भने, “हामी सबै सहजता भएको बेलामा पनि नेपाल संकटमा छ, अफ्ठ्यारोमा छ भन्ने हो भने सजिलो कहिले हुने हो ? के भयो भने संकटबाट बाहिर निकाल्ने हो ?”

यो बेलामा फरक ढंगले काम गर्ने कुरामा सोच्नुपर्ने उनको भनाइ छ । कांग्रेसले सरकारले बनाउने कानुन लगायतका कुरामा सहयात्रा गर्न चाहेको सुनाए ।

सम्बन्धित खबर