
कालिकोट । कालिकोटबाट एक जना सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
कालिकोटको पलाँता गाउँपालिका ६ की रिउली रोकायालाई स्वास्थ्य चौकी नेटाबाट हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको हो।
घरमै सुत्केरी गराउन समस्या देखा परेपछि उपचारका लागि उनलाई स्वास्थ्य चौकी नेटा ल्याइएको थियो।
स्वास्थ्य चौकी नेटाले थप उपचारका लागि उनलाई सुर्खेत रिफर गरेको थियो। गाउँमा उपचार सम्भव नभएपछि उनको उद्धार गरी सुर्खेत पठाइएको स्थानीय जयमल बुढाले जानकारी दिए।