२०८२ जेठ ९, बिहिवार , ०५:५९:१८ बजे

Sajhamanch
'

आगामी महाधिवेशनबाट सभापति बन्न चाहान्छु : शशांक कोइराला

मङ्गलवार, माघ २३, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्ताले परिवर्तन चाहेकाले आगामी महाधिवेशनबाट आफू सभापति बन्न चाहेको बताएका छन्।

मंगलबार नेपाली कांग्रेस दाङले घोराहीमा ‘समुदायमा कांग्रेस’ अभियानका क्रममा आयोजित कार्यक्रममा नेता डा.कोइरालाले भने, ‘पार्टी सभापति भनेको अत्यन्तै महत्वपूर्ण विषय हो। म उत्सुक छुभन्दा पनि काबिल छु वा छैन हेर्नुपर्छ।’

आफूलाई पहिला कन्भिन्स गर्नुपर्ने भन्दै डा.कोइरालाले भने, ‘अहिलेको अवस्था के छ भने पार्टी सभापति हुन को चाहँदैन ? म आफैलाई प्रश्न गर्न चाहन्छु, के शशांक तिमी योग्य छौँ ?’

उनले भने, ‘तिमी पनि पहिलाका जस्ता सभापति हुन्छौँ ? आसेपासे गर्ने रु मलाई भाषण गर्न आउँदैआउँदैन। म हृदयबाट कुरा गर्छु।’

नेता डा.कोइरालाले भने, ‘सभापति हुने इच्छा सबैको हुन्छ। पहिला मैले साथीहरूसँग कुरा गर्नुपर्छ। परिवर्तन चाहन्छन् कि चाहँदैनन्। परिवर्तन चाहँदैनन् भने मलाई सभापति बन्न मन छैन। चाहन्छन् भने अनि मात्रै म सोँच्छु।’

‘मभन्दा उपयुक्त मान्छे छ भने उसलाई सभापति बनाउनु पर्‍यो । वीपी कोइरालाले परशुनारायण चौधरीलाई प्रधानमन्त्री बनाउने भन्नुभएको थियो’, उनले भने, ‘म वीपी कोइरालाको पुत्र भएर त्यति संस्कार पनि नजाने भने त म उहाँको छोरो नै होइन। वीपीको जस्तो विवेक त हुनुपर्‍यो म मा।’

सम्बन्धित खबर