
काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र घरेलु टोली दक्षिण अफ्रिका खेल्दैछन् ।यो खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे बेनोनीमा शुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । सेमिफाइनलको दोस्रो खेलमा पर्सि अस्ट्रेलिया र पाकिस्तान खेल्नेछन् ।
मौसम या अरु कुनै कारणले सेमिफाइनलका खेल पूरा हुन नसके रिजर्भ डेमा खेल हुनेछ । फाइनल खेल आउँदो आइतवार हुनेछ । विश्व कपमा सुपर सिक्सको समूह एकबाट भारत र पाकिस्तान तथा अर्को समूहबाट अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।समूह चरणमा अफगानिस्तानलाई हराएर सुपर सिक्स खेलेको नेपाली त्यसभन्दा अगाडि बढ्न सकेन । नेपाली टोली हिजो स्वदेश फर्किएको छ ।