२०८२ जेठ ९, बिहिवार , १०:३५:१९ बजे

Sajhamanch
'

जनमत पार्टीको सचिवालय बैठक सुरु

आइतवार, माघ २१, २०८०

काठमाडौं । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

भोलि (सोमबार)देखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भइरहेको जनमतले जनाएको छ ।

बैठकमा संगठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताए ।

सम्बन्धित खबर