![](https://sajhamanch.com/wp-content/uploads/2024/01/accident-1698390042-e1705034949722-300x125-1-150x125-1.jpg)
काठमाडौं । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ उपल्लो ढाकावाङस्थित थापाडाँडामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।ढाकावाङबाट सन्धिखर्क आउँदै गरेको लु१ज १६७९ नम्बरको सवारी जीप शनिवार बिहान दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीकसिंह राठौरका अनुसार भूमिकास्थान–२ मूलटंकीकी देवा वेल्वासे र सन्धिखर्क–८ खापडाडाकी डेमकला आचार्यको मृत्यु भएको हो।जीप थापा डाँडाबाट करिब १५० मिटर तल खोलामा खसेको थियो घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याएकोप्रहरीले जनाएको छ।