२०८२ वैशाख १८, बिहिवार , १२:५१:५९ बजे

Sajhamanch
'

सुवासले दिलाए नेपाललाई पहिलो सफलता

बुधवार, माघ १७, २०८०

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालका सुवास भण्डारीले पहिलो सफलता दिलाएका छन् ।

बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य पछ्याइरहेको बंगलादेशका ओपनर आसिकुर रहमान सिब्लीलाई नेपालका सुवासले ११.४ ओभरमा आउट गरेका हुन् । सिब्लीले बंगलादेशको खातामा १६ रन थपे ।

जारी खेलको १२ ओभर समाप्त हुँदा बंगलादेशले एक विकेट गुमाएर ६८ रन जोडेको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

सम्बन्धित खबर