२०८२ जेठ ११, शनिवार , ०१:०५:४५ बजे

Sajhamanch
'

सुबिसुको नेटवर्कमा समस्या आउँदा देशभरका यातायात कार्यालयको सेवा ठप्प

बुधवार, माघ १७, २०८०

काठमाडौं । यातायात व्यवस्था विभागको सर्भरबाट प्रवाह भइरहेका सेवामा बुधबार समस्या आएको छ । काठमाडौंस्थित विभागको अनलाइन सिस्टमबाट देशभरका यातायात व्यवस्था कार्यालयमा प्रवाह हुने सेवा रोकिएको हो ।

विभागका निर्देशक मुकेश रेग्मीले यातायात व्यवस्था विभागमा जडित सुबिसुको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध भएको बताएका छन् ।

“हाम्रो सर्भर र सिस्टम सबै ठीक छ । यहाँबाट देशभरका कार्यालयमा फैलिएको सुबिसुको नेटवर्कमा समस्या आउँदा सेवा रोकिएको हो । सुबिसुले दुई तीन घण्टामा समस्या समाधान हुन्छ भनेको छ,” निर्देशक रेग्मीले भने ।

सुबिसुका अध्यक्ष सुधीर पराजुलीले नेटवर्कमा समस्या आएको बताए । उनले भने, “मीनभवनस्थित विभागको कार्यालयमा समस्या आएको रहेको छ । लाइन काटियो अथवा केही समस्या आएको होला । समाधानका लागि टोली त्यहाँ गइरहेको छ ।”

सवारीचालक अनुमतिपत्र लिनका लागि फारम बुझाउन र बायोमेट्रिक गराउन ११ बजेदेखि लाइन बसेका सेवाग्राही काम नभएपछि फर्किएका छन् । सर्भरको समस्या समाधान नभएको भन्दै ठूलो संख्यामा सेवा लिन लाइन बसेका सेवाग्राहीलाई फिर्ता पठाइएको छ ।

सम्बन्धित खबर