२०८२ जेठ ११, शनिवार , ०१:५७:१४ बजे

Sajhamanch
'

इतिहासले सम्झिनेगरी सरकारले काम गरेको प्रधानमन्त्रीको दाबी

बुधवार, माघ १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको वर्तमान सरकारले इतिहासले सम्झिनेगरी शाहसिक र जनपक्षीय काम अघि बढाएको दाबी गरेका छन् । बुधबार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चुनौतिपूर्ण परिस्थितिमा गठन भएको आफू नेतृत्वको वर्तमान सरकारले एक वर्ष र एक महिना पूरा गरिसकेको र यो बीचमा इतिहासले सम्झिने गरी काम अघि बढाएको बताए ।

नक्कली भुटानी शरणार्थी काण्डको छानबिन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कारबाही, सुनकाण्डको निष्पक्ष छानबिनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराध कर्मको पर्दाफास गरेको उनको भनाइ छ ।

मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताबिहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका तथा अनौपचारिक स्वरोजगार क्षेत्रमा कार्यरत लाखौँ श्रमिकका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

राहदानी र सवारीचालक अनुमतिपत्रजस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार, पाठ्यपुस्तकको उपलब्धता, मलको आपूर्तिसम्म सामाजिक न्यायको क्षेत्रमा सरकारले गरेका पहलकदमीका केही उदाहरण रहेको प्रचण्डको भनाइ छ ।

सम्बन्धित खबर