२०८२ जेठ ७, मङ्गलवार , ०९:२९:२१ बजे

Sajhamanch
'

झापाको पाण्डवपुरमा माघ १८ देखि समावेशी धार्मिक महामहोत्सव गरिँदै

मङ्गलवार, माघ १६, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पाण्डवपुरस्थित श्री बागेश्वरी दुर्गा भगवती मन्दिरमा महापुराणको तयारी गरिएको छ ।

जीर्ण बन्दै गएको मन्दिर पुनः निर्माणको उद्देश्यसहित माघ १८ देखि २५ गतेसम्म समावेशी श्रीमद भागवत महापुराण धार्मिक महामहोत्सव आयोजना गर्न लागिएको आयोजक समितिले जानकारी दिएको हो ।

महाभारकालीन ऐतिहासिक स्थानका रुपमा रहेको पाण्डवपुरलाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजनासहित धार्मिक महामहोत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक इन्द्रमणि पौडेलले जानकारी दिए ।

१५१ जना मूल आयोजक समिति रहेको धार्मिक महामहोत्सव सम्पन्न गर्नका लागि चार वटा उपसमितिहरु निर्माण गरिएको सचिव देवराज बुढाथोकीले बताएका छन् । उनका अनुसार महोत्सव सम्पन्न गर्न प्रचारप्रसार समिति, आर्थिक ब्यवस्थापन समिति, सुरक्षा तथा स्वयमसेवक समिति र खाद्यन्न तथा प्रसादी वितरण उपसमिति निर्माण गरिएको छ ।

महापुराणमा प्रमुख वाचकका रुपमा पण्डित कमलनयन निरौला, ब्यासाचार्य पण्डित किरणमणि दाहाल रहने छन् भने गायक कृष्ण भण्डारीको समूहबाट संगीतमय भजन कीर्तन प्रस्तुत हुने मूल आयोजक समितिका संयोजक पौडेलले बताए ।

माघ १८ गते महापुराणमा उद्घाटन अघि कलशयात्रा, मण्डपपूजा गरिनेछ । त्यस्तै महापुराण अवधिभर श्रीमद भागवत कथा चर्चा, सन्ध्या आरती, संगीतमय भजनकीर्तन, ज्ञानमञ्च, झाँकी प्रदर्शनलगायतका कार्यक्रमहरु हुने जनाइएको छ ।

सम्बन्धित खबर