२०८२ जेठ १०, शनिवार , ०६:४५:४४ बजे

Sajhamanch
'

निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा इन्जिनियरको मृत्यु

मङ्गलवार, माघ १६, २०८०

पोखरा । निर्माणाधीन घरको पाँचौँ तलाबाट खसेर पोखरामा एकजना इन्जिनियरको मृत्यु भएको छ । तातोपानी सर्भे गर्न गएका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

प्रहरीका अनुसार उनी पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित चिनिमाया भण्डारीको निर्माणाधीन घरको छतबाट सिधै भुइँमा खसेका थिए ।

भट्टराई पोखरा–८ रत्नचोकमा बस्थे । उनी पोखराकै न्युरोडस्थित मुक्ति इनर्जी प्रालिका इन्जिनियर थिए ।

उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याएकोमा दिउँसो २:२७ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

सम्बन्धित खबर