२०८२ साउन २०, मङ्गलवार , ०४:३१:४० बजे

Sajhamanch
'

बाँदर नियन्त्रणका लागि भन्दै वडाध्यक्षले जारी गरे रुख काट्ने उर्दी

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ।पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

वडाध्यक्ष पाण्डेले जारी गरेको सूचनामा भनिएको छ। ‘पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले पनि बाँदर नियन्त्रणको नीति पास गरेको हुँदा आजको मितिले १० दिनभित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गरी आआफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन अनुरोध गरिन्छ।’

सम्बन्धित खबर