२०८१ माघ १४, सोमवार , ०२:२३:१६ बजे

Sajhamanch
'

मोरङमा एनएमसीको समितिस्तरीय ट्रेकिङ तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

सोमवार, माघ १५, २०८०

लेटाङ । नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत महिला सशक्तिकरण उपसमितिको आयोजनामा गत माघ १३ गते लेटाडमा समितिस्तरीय ट्रेकिङ तथा पुुनर्ताजगी कार्यक्रम सम्पन्न गरिएको छ ।

मोरङ क्षेत्र अन्तर्गतका उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा सम्पन्न कार्यक्रममा संस्थाको लेटाङ सेवाकेन्द्रमा भेला भई बजार परिक्रमा पश्चात किरात चौकबाट करिव १ घण्टाको पैदल यात्रा पछि राजारानीमा औपचारिक कार्यक्रम गरिएको थियो ।

महिला सशक्तिकरण उपसमितिका संयोजक कविता पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसमितिका सदस्य सकुुन्तला अधिकारीले शाब्दिक स्वागत गरेकी थिइन् ।

शारीरिक तन्दुुरुस्ती एवम् स्वास्थ्य शरीरको लागि हिँड्नुु जरुरी छ । हिँडाइलाई हामीले संस्कारमा रुपान्तरण गर्नुुपर्छ भन्ने उद्देश्यका साथ ट्रेकिङ आयोजना गरिएको उपसमितिले जनाएको छ ।

लेटाङ नगरपालिकाका उपप्रमुुख कृष्णकुुमारी निरौला पोखरेलको प्रमुुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष ठाकुुरप्रसाद सिवाकोटीको विशेष उपस्थिति रहेको थियो ।

आफ्नो मन्तव्यको क्रममा प्रमुुख अतिथि निरौलाले स्थानीय सरकार एनएमसीसँग समन्वय र साझेदारी गर्न तयार रहेको र सहभागी सबैलाई एनएमसीमा ढुुक्क भएर कारोबार गर्न आग्रहसमेत गरेकी थिइन् ।

समग्र संस्था र संस्थाले सञ्चालन गरिरहेका व्यवसायहरुको बारेमा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकेटीले जानकारी गराउँदै लेटाङ नगरीमा स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी आफ्ना गतिविधिलाई अगाडि बढाउन संस्था हरदम तयार रहेको जानकारी दिए ।

लेटाड नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष विष्णुुकुमार मगरले आफ्नो मन्तब्यमा राजारानीको ऐतिहासिक पक्षमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, इलाका प्रहरी कार्यालयका प्रमुुख भीमप्रसाद ओली, वडा नं. २ का सामाजिक अभियन्ता रामचन्द्र बुुढाथोकी लगायतको सहभागिता थियो ।

कार्यक्रमको आवश्यकता र औचित्य माथि संस्था अन्तर्गतको लेखा सुुपरिवेक्षण समितिका संयोजक रचना दाहालले प्रस्ट पारेकी थिइन् भने औपचारिक कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

करिब १३० जना समिति पदाधिकारी तथा कर्मचारहिरु सहभागी पुुनतार्जगी कार्यक्रममा सहभागीहरुले नाचगान, मनोरञ्जनात्मक क्रियाकलाप, प्रतिभा प्रस्फुुटन लगायन विभिन्न क्रियाकलापमा सहभागी भएका थिए ।