२०८२ जेठ ६, सोमवार , ०१:५२:२७ बजे

Sajhamanch
'

वडा नं. ८ ले १२७ जनालाई बाँड्यो जाडोमा लगाउने लुगा

आइतवार, माघ १४, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई जाडोको लुगा वितरण गरेको छ ।

वर्षेनि न्यानो लुगा बाँड्दै आएको ८ नं वडा कार्यालयले आइतबार कार्यालयमा एक कार्यक्रम गरी अपांगता भएका ५० जना र ७७ जना विपन्न ज्येष्ठ नागरिक गरी १२७ जनालाई जाडोको लुगा वितरण गरेको हो । वडा कार्यालयले गतवर्ष यस्ता लक्षित समूहलाई ब्लान्केट वितरण गरेको थियो ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष अजय कार्की, वडा सदस्य सोयालाल राजवंशी, वडा सचिव वेदप्रकाश अधिकारी, वडाको मेलमिलाप समितिका सदस्य कृष्ण श्रेष्ठ लगायतले अपांगता भएका र ज्येष्ठ नागरिकलाई जाडोको लुगा वितरण गरेका हुन् ।

स्थानीय सरकारको दायित्व निर्वाह गर्नेक्रममा आफ्नो वडाभित्रका अपांगता भएका र विपन्न ज्येष्ठ नागरिकहरुलाई जाडोमा समस्या नहोस् भनेर जाडोमा लगाउने लुगा वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । उनले केही दिनपछि शुक्रराज आधारभूत विद्यालयका २३७ जना विद्यार्थीलाई स्कूले जुत्ता वितरण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।

अपांगता भएका र ज्येष्ठ नागरिकहरुलाई जाडोको लुगा वितरण गर्न वडा कार्यालयले डेढ लाख रुपैयाँ छुट्याएको जनाइएको छ ।

सम्बन्धित खबर