२०८१ मंसिर १५, शनिवार , ११:५६:३२ बजे

Sajhamanch
'

बाह्रदशी जेसीजको अध्यक्षमा खगेन्द्र सुवेदी

आइतवार, माघ १४, २०८०

बाह्रदशी । बाह्रदशी जेसीजको वर्ष २०२४ का लागि अध्यक्षमा चयन भएका खगेन्द्र सुवेदीलाई वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जेसीज चेन पहिराएर पद हस्तान्तरण गरेका छन् । बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा आयोजित समारोहमा पद हस्तान्तरण गरिएको हो ।

पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष उप्रेतीले बाह्रदशी जेसीजले वर्ष २०२३ मा गरेका कामहरुको विवरण श्रव्य दृष्य सामग्रीसहित प्रस्तुत गरेका थिए । उनले एक वर्ष भित्र ६४ ओटा कार्यक्रम गर्न सफल भएको बताए ।

बाह्रदशी जेसीजका लागि जमीन व्यवस्थापनदेखि विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नेसम्मका कार्यक्रमलाई अघि बढाएको र त्यसलाई निरन्तरता दिन वर्ष २०२४ का अध्यक्षलाई आग्रह समेत गरे । बाह्रदशी जेसीजले आफ्ना कार्यक्रम मार्फत बाह्रदशीको समग्र विकास र समृद्धिका लागि सहयोगी भूमिका निर्वाह गरेको उप्रेतीको भनाई छ ।

समारोहमा वर्ष २०२४ का अध्यक्ष सुवेदीले अध्यक्षता ग्रहण गर्दै बाह्रदशी जेसीजको गरीमालाई उच्च राख्न आफू लागिपर्ने प्रतिवद्धता जनाए । उनले जेसीजको विधान अनुसार संस्थालाई चलायमान बनाउनु पनि बताए ।

बाह्रदशी जेसीज वर्ष २०२४ का अध्यक्ष सुवेदीको टिममा कार्यकारीणी उपाध्यक्ष नविनकुमार त्रिताल र सदिक्षा खड्का, उपाध्यक्ष अर्जुन महतरा, पुष्प भट्टराई, राजु अधिकारी, डिककुमार कटुवाल रहेका छन् ।

वर्ष २०२४ का अध्यक्ष सुवेदीले कानूनी सल्लाहकारमा नवराज दाहाल, महासचिव संजय शाह र कोषाध्यक्षमा तीर्थप्रसाद काफ्ले, जनसम्पर्क अधिकारी प्रकाश फूयाँल, सहसचिव विश्वास गौतम, तालिम संयोजक आयुष्मा प्रसाई, सदस्य वृद्धि संयोजक विमला सुवेदी, युवा तथा वातावरण संयोजक भिष्म प्रसाई, स्वास्थ्य संयोजक सविना सिलवाल, खेलकुद संयोजक तीर्थराज कोइराला, प्रकरण संयोजक गोपाल उप्रेती, शिक्षा संयोजक गोकुल घिमिरेलाई मनोनित गरे । त्यस्तै महिला उत्थान संयोजक इन्दिरा चम्लागाई, सूचना तथा सञ्चार संयोजक दिपजन चम्लागाई, संस्कृति संयोजक तुलसी खरेल, अतिथि सत्कार संयोजक विज्ञान बस्नेतलाई मनोनयन गरिएको अध्यक्ष सुवेदीले घोषणा गरेका थिए ।

दुई सत्रमा आयोजित कार्यक्रमको संचालन प्रथम सत्र वर्ष २०२३ का महासचिव खगेन्द्र सुवेदीले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम संचालन २०२४ का महासचिव संजय शाहले गरेका थिए ।

समारोहमा बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष उप्रेतीले उत्कृष्ट संयोजकमाा रुपमा राजु अधिकारी, उत्कृष्ट कार्य सम्पादनमा नविनकुमार त्रिताल, उत्कृष्ट वोर्ड मेम्वर सदिक्षा खड्का र जेसीज वर्ष उत्कृष्टमा खगेन्द्र सुवेदीलाई सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लागाईले बाह्रदशी जेसीजले वर्ष २०२३ मा उत्कृष्ट र रचनात्मक कार्य गरेको बताउँदै गाउँपालिका जेसीजसँग हातेमालो गरेर अघि बढ्ने उद्घोष गरे । उनले गाउँपालिकाले आगामी दिनमा पनि सहयोग पुर्याउने प्रतिवद्धता जनाए ।

सम्बन्धित खबर