२०८१ मंसिर १५, शनिवार , १०:१६:४६ बजे

Sajhamanch
'

आचार्य कल्याण समाज मोरङको नयाँ नेतृत्व सर्वसम्मत

आइतवार, माघ १४, २०८०

विराटनगर । आचार्य कल्याण समाज मोरङको ११औं साधरणसभाबाट पुनः पदमप्रसाद आचार्यको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरिएको छ ।

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण गरेको हो ।

२०६४ सालमा स्थापित समाजको उपाध्यक्षमा जयधर्म आचार्य, शिव आचार्य र दुर्गा रिजाल आचार्य चयन भएका छन् । सचिवमा ठाकुरप्रसाद आचार्य, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् ।

समाजको सदस्यहरुमा चक्रप्रसाद आचार्य, देवीप्रसाद आचार्य, गुणराज आचार्य, गोपाल आचार्य, लिलाप्रसाद आचार्य, मुरारी आचार्य, नारायणप्रसाद आचार्य (ए), नारायणप्रसाद आचार्य (बि), रोशन आचार्य, कालीप्रसाद आचार्य, विनिता भारती आचार्य र जानूका दाहाल आचार्य चयन भएका छन् ।

उक्त साधरणसभाले जिल्ला कार्यसमितिको सल्लाहकारमा १४ जनालाई चयन गरेको छ । जसमा जीवन आचार्य, चूडामणि आचार्य, बालकृष्ण आचार्य, भवकृष्ण आचार्य, मिनकुमार आचार्य, हरिप्रसाद आचार्य, गंगाप्रसाद आचार्य, शान्तिप्रसाद आचार्य, मिता आचार्य, हिराप्रसाद आचार्य, छत्रमणि आचार्य, अम्बिकाप्रसाद आचार्य रहेका छन् ।

साधरणसभाले सबै पालिकाका आचार्य कल्याण समाजका अध्यक्षहरुलाई जिल्लाको पदेन सदस्य रहने निर्णय पनि गरेको छ । यस्तै आचार्य बन्धुहरुको हकहित र सांस्कृतिक सम्पदाहरुको संरक्षणको लागि कोष खडा गर्न आगामी २०८१ मंसिरमा वृहत महायज्ञ पुराण लगाउने निर्णय गरेको छ ।

अध्यक्ष पदमप्रसाद आचार्यले साधरणसभामा यसअघि भएका गतिविधि र आगामी योजनासहितको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सन्तोष आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आवश्यक छलफलपछि दुवै प्रस्ताव सर्वसम्मतिले पारित भएको अध्यक्ष आचार्यले जानकारी दिए ।

सम्बन्धित खबर