
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले लुम्बिनीलाई ६ विकेटले पराजित गरेको छ ।
लुम्बिनी प्रदेशले दिएको १०७ रनको सामान्य लक्ष्य बागमतीले १७.२ ओभरमा चार विकेट गुमाएर पूरा पूरा गरेको हो ।
बागमतीका लागि इशान पाण्डेले ५० रन, कप्तान रित गौतमले २४, आशुतोश घिरैयाले १४, रविन जोशीले ७ र रन बनाए भने १२ रन अतिरिक्त पायो ।
लुम्बिनीका निर्मल गुरुङले २, कृष्ण कार्की र अभिषेक गौतमले एकरएक विकेट लिए ।
यसअघि कीर्तिपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४, विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एकरएक विकेट लिए ।
यो जितसँगै बागमतीले सबै ९ खेल खेलेर बागमतीले १२ अंक जोडेर दोस्रो स्थानमा छ । नेपाल प्रहरी क्लबको पनि १२ अंक छ । तर, रनरेटका आधारमा पहिलो स्थानमै कायम छ ।
६ खेलबाट २ अंक जोडेको लुम्बिनी नवौं स्थानमा रहेको छ ।