२०८२ जेठ ११, आइतवार , ०१:३२:०८ बजे

Sajhamanch
'

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा

शनिवार, माघ १३, २०८०

काठमाडौँ । सहिद धर्मभक्त माथेलमाले सहादत प्राप्त रेको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन र स्थानमा स्मृति सभा गरिएको हो ।

आज सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा सालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रङ्गको अर्ध कदको प्रस्तर सालिकको सट्टा नयाँ सेतो रङ्गको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको हो ।

सहिदको सालिकमा पुष्प गुच्छा अर्पण गर्दै काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले, जनमानसमा सहिदको योगदान पुर्याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेलेको भूमिका र सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको चर्चा गर्दै डङ्गोलले भनिन्, ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट यृवाहरुले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलीदानीकाकारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’

माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको छ । महानगरको लगानीमा निर्माण हुने मानव सेवा आश्रम उनकै नामबाट बनाउने योजना उपप्रमुख डङ्गोलले सुनाइन् ।

सभामा वडा नं. ७ का अध्यक्ष विमल होडाले असलशासनर विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताए । अधिकार प्राप्तिका कोणबाट नागरिकहरूलाई प्राप्तभएको सुविधा जोगाउन सहिदले देखेको सपनालाई साक्षी राखेर काम गर्नुपर्ने होडाको भनाइ थियो । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले भने, ‘विद्यालय स्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानवअधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरुमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो ।’

माथेमा गुथीका अध्यक्ष नरेशरामभक्त माथेमाले, निरंङ्कुश राणा शासनबाट मुक्त गराउने जत्तिको महत्त्वपूर्ण कामअन्य केहीहुन नसक्ने बताए । सहिदको सम्मानमा दिइने राष्ट्रिय बिदा कटौती हुनु नहुने उनको भनाइ थियो ।

सम्बन्धित खबर