
पोखरा । विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।
पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो ।
पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।