२०८२ जेठ ११, आइतवार , १०:१०:०९ बजे

Sajhamanch
'

सुदूरपश्चिममा माओवादीका बहुमत सांसदले फेरे दलको नेता

शुक्रवार, माघ १२, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र)का बहुमत प्रदेशसभा सदस्यले दलको नेता फेर्ने निर्णय गरेका छन् ।

शुक्रबार दलको बहुमत ६ जना सदस्यले दलको नेता फेर्ने निर्णय गरिएको उपनेता अक्कल रावलले जानकारी दिए । खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेता चयनको निर्णय गरिएको उपनेता रावलले बताए ।

त्यसको जानकारी संसद् सचिवालयलाई गराइएको उनको भनाइ छ । भट्टले प्रभावकारी भूमिका निभाउन नसकेको आरोप बहुमत सदस्यको छ । केन्द्रीय नेतृत्वलाई जानकारी गराएर नै नेता फेर्ने निर्णय गरिएको उनले बताए ।

“संसदीय दल, सरकारको विषयमा समीक्षा गर्यौं । चुस्त, संसदीय मर्यादाअनुसार चलाउन सक्नुभएन । संसदीय दलमा नेताको भूमिका निभाउन नसकेकाले पार्टीका अध्यक्ष र पदाधिकारीहरूलाई जानकारी गराएर नै यो निर्णय गरिएको हो,” उनले भने ।