
काठमाडौं । मध्य सेनेगलमा बस र कार ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
सेनेगल समाचार एजेन्सी (एपीएस)का अनुसार, मध्य सेनेगलको डिओरबेल क्षेत्रको नेबे गाउँनजिकै दुई सवारीसाधन एकापसमा ठोक्किएका थिए । दुर्घटनामा अरू १४ जना घाइते छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।